दफा
कर्मचारी समायोजनको आधार

(१) दफा ६ बमोजिम कर्मचारी समायोजन गर्दा साविकमा
कार्यरत सेवा, समूह तथा उपसमूहको पदसँग मिल्दो सङ्घ, प्रदेश वा स्थानीय तहको पदमा
देहायका प्राथमिकताको आधारमा गरिनेछ ः–
(क) कार्यरत पदको ज्येष्ठता,
(ख) कर्मचारीले रोजेको सङ्घ, प्रदेश वा स्थानीय तह,
(ग) हालको स्थायी बसोबासको ठेगाना र सो नखुलेमा नागरिकताको
प्रमाणपत्रमा उल्लिखित ठेगाना ।
(२) उपदफा (१) बमोजिम कर्मचारी समायोजन गर्दा कर्मचारीको छनौटका
आधारमा सम्भव भएसम्म पति पत्नीलाई एकै स्थानमा पर्ने गरी सङ्घ, प्रदेश वा स्थानीय
तहमा समायोजन गरिनेछ ।
तर उपदफा (२) बमोजिम समायोजन गर्दा कर्मचारीलाई उपदफा (१) बमोजिमका
समायोजनका आधारभन्दा फरक ढङ्गले समायोजन गरिने छैन ।
(३) कर्मचारी समायोजनका आधार सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।